प्रकाश तामाङ्गलाई घरमै नागरिकता - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

प्रकाश तामाङ्गलाई घरमै नागरिकता


editor@sajhakura September 1, 2024

प्रकाशलाई नागरिकता प्रदानगर्दै ईलाका प्रशासन दिंङ्ला भोजपुरका प्रमुख बिनोद अधिकारी

बिद्या चापागाईंको टिमले संचालन गर्ने हेर्ने कथाका गत अंकमा प्रसारित हराएका बर्षहरुका प्रमुख पात्र प्रकास तामाङ्गलाई घरमै पुगेर नागरिकता हस्तान्तरण गरिएको छ ।

गोरखाको दुर्गम क्षेत्र चुम भ्याल्लिमा करिव ३५ बर्षदेखि चौंरि गोठाला रहेका उनका बारेमा हेर्ने कथाले मार्मिक स्टोरी प्रसारण गरेको थियो । आज उनको घर षडानन्द नगरपालिका १० थाक्ले पुगेर प्रकाश तामाङ्ग बर्ष ४१ को नागरिकता प्रदान गरिएको ईलाका प्रशासन दिंङ्ला भोजपुरका प्रमुख बिनोद अधिकारीले खाँदबारी एफएमलाई जानकारी दिनुभयो । आज उनलाई नागरिकता प्रदान गर्न षडानन्द नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं लगायतका टोलि प्रकास तामाङ्गको घरैमा पुगेका थिए ।

हेर्नेकथाका पात्र उनको कथा प्रसारण भएपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उनलाई नागरिकता दिलाउने बिषयमा चासो राखेका थिए । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले प्रकासलाई रोजगारी दिन नगरपालिका तैयार रहेको बताउँदै चाँडै सम्पर्क गर्न आग्रह गरेका छन् ।
केहि दिन अघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उनको ब्यवसायीक जिवनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिएभने पुर्व मन्त्री सुदन किराँतीले उनको बासस्थानका लागि घर निर्माण गरिदिने प्रतिवद्धता जनाईसकेका छन् । करिव ३५ बर्ष परिवारबाट गुमनाम रहेका उनि कामको खोजिमा काठमाण्डौ जाँदा हराएर गोर्खाको चुम भ्याल्लिमा चौंरी गोठमा काम गरिरहेका थिए । बाँकि जिवन परिवारसंग भोजपुरमै बिताउने गरि फर्किएका उनलाई अहिले सहयोगको हात बढाउनेहरुको संख्या बढ्दै गएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *