संखुवासभा, फागुन ५
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रजातन्त्र मुल समारोह समितिले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्नेभएको छ । संखुवासभाको सदरमुकाम खाँदबारीमा आज बसेको सर्वपक्षिय बैठकले आगामी फागुन ६, ७ र ८ गते बिबिध कार्यक्रमका साथ दीवस मनाउने निर्णय गरेको हाे ।
उक्त दिनहरुमा जिल्ला स्थीत सम्पुर्ण राजनितिक दल, कार्यालय, संघसंस्था र प्रतिष्ठानहरुमा सरसफाई गर्ने, र साँझमा घरघरमा दिपप्रज्वलन गर्न सबै जिल्लाबासीहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
फागुन ७ गते संखुवासभा जिल्ला समारोह समितिको संयोजन तथा संखुवासभाउद्योग बाणिज्य संघको सह–संयोजनमा खाँदबारी अस्पतालका बिरामीहरुलाई फलफुल बितरण, त्यसपछि नेपाल रेडक्रस सोसाईटिले रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ ।
साँझमा खाँदबारी पोखरी पार्कमा सामुहिक दिपप्रज्वलनको कार्यक्रम राखिएको जिल्ला समन्वय समितिका उपप्रमुख बबिता खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा राजनितिक दलको तर्फबाट नेपाली काँग्रेसका कार्यबाहक सभापति अनन्त कुमार गौलीले शुभकामना मन्तब्य प्रकट गर्नूभएको थियो । वहाँले नेपाली जनताहरुको ठुलो त्याग र बलिदानीबाट प्राप्त लोकतन्त्रीक गणतन्त्रको रक्षाका लागि सबै पक्षले ढृणताका साथ आफुलाई सच्याउँदै जनताको पक्षमा काम गर्नूपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, बिभिन्न कार्यालय, दल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।
