प्रजातन्त्र दीवसका अवसरमा रक्तदान तथा फलफुल बितरण कार्यक्रम - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

प्रजातन्त्र दीवसका अवसरमा रक्तदान तथा फलफुल बितरण कार्यक्रम


editor@sajhakura February 19, 2025

संखुवासभा फागुन ७

प्रजातन्त्र दिवसको अवसरमा संखुवासभा जिल्ला स्तरिय समारोह समितिको संयोजन तथा संखुवासभा उद्योग बाणिज्य संघको सहसंयोजनामा खाँदबारी अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको छ ।
आज बिहान जिल्ला समन्वय उपप्रमुख बबिता खत्रीको सभापतित्वमा तथा संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, काँग्रेस जिल्ला सभापति अनन्तकुमार गौली, रेडक्रस जिल्ला सभापति सरोज कुमार बज्राचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायतको पत्रकार कार्यालय प्रमुख तथा सामाजिक संघसंस्थाको प्रतिनिधीहरुको उपस्थीतिमा खाँदबारी अस्पतालका ४४ जना बिरामीलाई फलफुल बितरण गरिएको संखुवासभा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष संजिव श्रेष्ठले जानकारी दिए ।
नेपाली काँग्रेसका कार्यबाहक सभापति अनन्त कुमार गौलीले अस्पतालमा उपचाररत बिरामीहरुलाई प्रजातन्त्र दीवसको शुभकामना सहित बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले गरिव तथा बिपन्न बर्गको निशुल्क उपचारमा ध्यान दिनुपर्ने धारणा राखेका थिए । यसै बिच नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा संखुवासभाले पनि प्रजातन्त्र दीवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटीद्वारा संचालित ब्लड बैंकमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए ।
रगतको अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले स्थापीत ब्लड बैंकको संचालनका लागि सबैपक्षको सहयोग आवश्यक भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला सभापति सरोज कुमार बज्राचार्यले बताए ।
रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले रक्तदान जिवनदात भएकाले यो भन्दा ठुलो अर्काे मानवीय कार्य नभएको धारणा राख्दै रगतको अभावका कारण जिल्लामा अकालमा ज्यान गुमाएकाहरुको संख्या उल्लेख्य रहेको बताए ।
संखुवासभामा भर्खरै बनेको ब्लड बैंक अझै ब्यवस्थीत रुपमा संचालन हुन सकिरहेको छैन । दक्ष प्राबिधिक जनशक्ति र आर्थिक अभावका कारण ब्यड बैंकलाई ब्यवस्थीत रुपमा संचालन गर्न नसकिएकाले अहिले पनि ईमरजेन्सी बिरामीका लागि ब्लड चाहिएमा सदरमुकाम स्थीत नयाँ भैरवी दलका सेना, जिल्ला प्रहरी कार्यालय, र ससत्र प्रहरी बल मानेभञ्ज्यांङ्गमा कार्यरत शुरक्षाकर्मिहरुलाई गुहार्नूपर्ने अवस्था रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *