प्रतिपक्षका कुरा नसुनिए संसद र सडक अवरुद्ध गर्ने रास्वपाको चेतावनी - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

प्रतिपक्षका कुरा नसुनिए संसद र सडक अवरुद्ध गर्ने रास्वपाको चेतावनी


editor@sajhakura February 22, 2024

प्रतिपक्षका कुरा नसुनिए संसद र सडक अवरुद्ध गर्ने राष्ट्रिय स्वतन्त्र पार्टिले सरकारलाई चेतावनी दिएको छ ।

आज बिहिबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकार संसदप्रति अलिकति पनि जवाफदेहि नदेखिएको भन्दै प्रतिपक्षको कुरा नसुनिए सडक र सदन अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । उनले बालकुमारी घटनाको आवश्यक अनुशन्धान अघि बढाई कारबाही थाल्न सरकारलाई आग्रह गरेका थिए ।

सदनमा जोडदार माग राख्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीलाई प्रतिवेदनको अध्ययन कहाँ पुग्यो भनेर प्रश्न गरेका थिए । तर उनको प्रश्नका बारेमा कुनै सुनुवाई नभएको गुनासो राख्दै यसरी प्रतिपक्षको कुरालाई वेवास्था गरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने ‘प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही कारवाही गर्नुहुन्छ भन्ने अपेक्षा गरेको तर अहिलेसम्म केही पनि भएको छैन । त्यो प्रतिवेदनको उहाँको अध्ययन कहाँ पुग्यो ? तीन दिन भइसक्यो । त्यो प्रतिवेदन के भयो ? यो दण्डहीनताको पराकाष्टा हो । संसदप्रति सरकार जवाफदेही हुँदैन भनेदेखि मुलुकले कस्तो नेतृत्व पाइरहेको छ? कति लामो प्रतिवेदन हो ? पढ्न गाह्रो भएको भए हामीलाई ल्याइदिनु हामी वाचन गरेर सुनाइदिन्छौँ । सरकारलाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद अवरुद्ध पनि हुन्छ । आन्दोलन पनि हुन्छ । तर सरकारले भोलि हामीलाई प्रतिपक्षले सदन चल्न दिएन भनेर दोष लाउन पाउँदैन । जनताको कुरा हामीले राख्दा सरकारले अनदेखा गर्छ भने संसद मात्रै होइन सडक पनि अवरुद्ध हुन्छ ।’सांसद श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *