प्रतिबन्धित दरका नोट साथमा नराख्न राष्ट्र बैंकको आग्रह - साझाकुरा
मङ्लबार, अशोज २२, २०८१

प्रतिबन्धित दरका नोट साथमा नराख्न राष्ट्र बैंकको आग्रह


admin September 28, 2023

नेपालमा एक सय भारतीय रुपैयाँ भारु भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने नियम लगाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक सुचना जारी गर्दै नेपालमा एक सय दरभन्दा ठूला दरका भारतिय नोट नराख्न, ओसारपसार र अन्य कुनै कारोबार नगर्न सार्वजनिक सुचना मार्फत सर्वसाधारणलाई जानकारी गराईएको जनाएको छ ।

प्रतिबन्धित दरका नोट साथमा नराख्न र स्वदेशभित्र नेपाली मुद्राको मात्रै कारोबार गर्न पनि राष्ट्र बैंकले सबैसमक्ष सुचनामार्फत आग्रह गरेको छ । भारतबाट नेपाल ओहोरदोहोर गर्दा अमेरिकी डलर पाँच हजार बराबरको भारु एक सय वा त्यो भन्दा कम दरका नोट मात्र कारोबार गर्न सकिने र त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने पनि राष्ट्र बैंकले सुचनामा उल्लेख गरेको छ ।

भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको सटही सुविधा मनीचेन्जरबाट पनि लिन सक्ने जनाईएको छ । कारोबारका अन्य माध्यम जस्तैः ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानीलगायतमा भनेयो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *