प्रतियाेगिताकाे आयव्यय सार्वजनिक - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

प्रतियाेगिताकाे आयव्यय सार्वजनिक


editor@sajhakura February 14, 2025

संखुवासभा फागुन २
सङ्खुवासभाको खाँदबारी नगरपालिका–५ माल्टामा भएको अन्तरपालिका महिला भलिवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।
अन्तरपालिका खुल्ला महिला भलिबल प्रतियोगिता गत मंसिर १२ देखि १४ गते सम्म खाँदबारी नगरपालिका–५ माल्टामा सञ्चालन गरिएकाे थियाे । 

बिहिबार नेपाल पत्रकार महासंघ सङ्खुवासभाका अध्यक्ष कृष्णराज शाक्यकाे अध्यक्षतामा महासंघमै आयोजित पत्रकार सम्मेलनमा ५ नं वडा खेलकुद विकास समितिले पत्रकार सम्मेलन मार्फत आयव्यय सार्वजनिक गरेको हो । खेल संयोजक रमेश काफ्लेले प्रतियोगिताना १० लाख १२ हजार आम्दानी भएको र साे मध्ये आठ लाख ५४ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । उनले प्रतियाेगिता संचालनबाट १ लाख ५८ हजार रुपैयाँ बचत भएको जानकारी गराउँदै केही वडा, पलिकाहरु दाताहरुबाट सहयोग रकम आउने प्रकृयामा रहेकाे जानकारी गराए । अन्तरपालिका महिला भलिवल प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने वडा खेलकुद विकास समितिका सचिव मदन तामााङ्ले बताए । 
पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै महासंघ अध्यक्ष कृष्णराज शाक्यले ५ नं वडा खेलकुद बिकास समितिले जिल्लामा अन्तर पालिकास्तरिय महिला भलिबल प्रतियाेगिता सफलतापुर्वक सम्पन्न गरि आयब्यय समेत सार्वजनिक गरेकाेमा धन्यबाद प्रकट गर्दै केही ठुला प्रतियाेगिता संचालकहरुले समेत पारदर्शि रुपमा आयब्यय सार्वजनिकिकरणमा कन्जुस्याई गर्ने गरेकाे धारणा राखे ।
५ नम्बर बडाका वडा अध्यक्ष टंक बहादु घिमिरे आफु पनि पुर्व खेलाडी नै रहेकाले खेलकुद विकासका सक्दो प्रयास गर्ने बताए । वडामानै महिला भलिबल प्रतियोगिता सफलता पुर्वक सञ्चालन गरेको वडा खेलकुद विकास समिति, वडावासी तथा सहयोगी दाताहरुलाई वडा अध्यक्ष घिमिरेले धन्यवाद दिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *