जेष्ठ २२
संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गरिएकाे छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गरेका हुन् ।
अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको ब्रेक थ्रु गरिएकाे प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले जानकारी दिए ।
संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको हालसम्म ७० प्रतिशत बढी काम सकिएको
अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन)ले जनाएको छ ।
अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी हेलिकोप्टर मार्फत पावरहाउस स्थल चिचिलाको पुखुवाको कार्यक्रममा सहभागी हुने सम्पुर्ण तैयारि गरिए पनि प्रधानमन्त्रि प्रचण्ड त्यहाँ नपुगि फर्कँदा आयाेजक र स्थानीय निराश बनेका थिए ।
