प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै - साझाकुरा

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै


editor@sajhakura July 21, 2024

श्रावण ६

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै तैयारी गरेका छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजेका लागि डाकिएको छ ।

संबिधानत दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाको बिश्वासको मत लिनुपर्ने संबिधानमा ब्यवस्था छ । केपि शर्मा ओली नेपाली कांग्रेसको निर्णायक समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीले २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत प्राप्त गर्नूपर्नेछ उनिसंग अहिले दुई तिहाँई सदस्यको बहुमत देखिएको छ ।

वर्तमान समिकरण अनुशार कांग्रेस ८८०, एमाले ७९, जसपा ७ र लोसपाको ४ सदस्यको मत आउने देखिएको छ । आज प्रधानमन्त्रीले लिनलागेको बिश्वासको मतको बिपक्षमा रहेका जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि केपी ओलिलाई प्रधानमन्त्रीमा समर्थन गर्ने बताएका छन् ।

बिश्वासको मतको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायतका दलहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *