असार १९
नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ ।
एमाले सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई पदत्यागका लागि आजको समय दिने निर्णय गरेकोमा दाहालले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो ।
समर्थन फिर्ता लिने निर्णय प्रधानमन्त्री दाहाललाई आजै औपचारिक रुपमा जानकारी गराउने एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ । समर्थन फिर्ताको निर्णयसँगै एमालेले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई पनि फिर्ता बोलाएको छ ।
एमालेले समर्थन फिर्ता लिने भएपछि प्रधानमन्त्री दाहालको सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री दाहालसंग राजीनामा गर्ने वा ३० दिनभित्र पुनः प्रतिनिधिसभामा विश्वासको मत परीक्षण गर्ने विकल्प बाँकी रहने छ ।