खाँदबारी नगर क्षेत्रभित्र जथाभावि झुण्डिएका तार ब्यवस्थापनका लागि खाँदबारी युथ क्लबले सकृयता बढाएकाे छ ।
नेपाल टेलिकम, विभिन्न केवल नेटवर्क र ईन्टरनेट सेवा प्रदायकहरुले बिजुलिकाे पाेललाई लक्षित गरि झुण्ड्याएका तारले खाँदबारीकाे साैन्दर्य कुरुप बनाएकाे थियाे ।
अब्यवस्थित तारहरुका कारण यातायातका ठुला साधन र वारुण यन्त्र (दमकल) संचालनमा समस्या भएकाे अवस्थामा खाँदबारीका युवाहरुकाे संस्था खाँदबारी युथ क्लबले तार ब्यबस्थापनकाे अभियान संचालन गरेकाे हाे ।
केही महिना अघि देखि तार ब्यवस्थापनमा खटिरहेका युवाहरुले अहिले खाँदबारी ३ सुमन चाेक देखि खाँदबारी १ दुरसंचार डाँडासम्मकाे अब्यवस्थित तार हटाईसकेका छन् ।
युवाहरुले तार ब्यवस्थापनका लागि देखाएकाे सकृयताकाे अहिले सिंगाे नगरबासिले प्रशंसा गरेका छन् । तार ब्यवस्थापनका लागि खाँदबारी नगरपालिकाले समेत सहकार्यकाे प्रतिबद्धता जनाएकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए । सेवाप्रदायक संस्थाले जथाभावी जडान गरेकाे तारहरु छरपष्ट हुँदा नगरकाे कुरुपता बढेकाे जनगुनासाे बढ्न थालेपछि युथ क्लबले अभियानकाे थालनि गरेकाे महासचिब शाक्यले बताए ।