प्रसूति गृहबाट शिशु चोरी गर्ने महिला पक्राउ - साझाकुरा

प्रसूति गृहबाट शिशु चोरी गर्ने महिला पक्राउ


editor@sajhakura February 24, 2024

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न महिलालाई प्रहरीले आज पक्राउ गरेकाे छ । विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि ती महिलाबाट शिशु चोरी भएकाे पाइएको प्रारम्भीक अनुशन्धानबाट देखिएकाे प्रहरीकाे भनाई छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट शिशुलाई उद्दार गरेको छ भने बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको जनाएकाे छ ।

शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो ।
नेपाली सेनामा कार्यरत् उनका श्रीमान्लाई पनि अनुशन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *