माघ १९,
अछाममा अघिल्लो शनिवार मृत फेला परेका दुई किसोरीको प्रेम प्रस्ताव अस्वीकार गरेका कारण हत्या भएको खुल्न आएको छ । अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या गरिएको प्रहरीले निश्कर्ष निकालेको हो ।
गएको शुक्रवार गोठालो गएका इशरा र सरस्वतीको हत्या आशंकामा पक्राउ परेका तिन मध्ये दुई किशोरले घटनाको स्वीकार गरेको पत्रकार सम्मेलनमार्फत अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारी जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय अछाम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा दुई जना किशोरीको हत्या भएको खुलेको हो ।
अघिल्लो शुक्रवार बाख्रा चराउनका गएका दुई जना किशोरी घर नफर्किए पछि खोजि गर्दै जाँदा अर्को दिन शनिवार शरीरमा ढुङ्गाले किचिएको अवस्थामा मृत फेला परेका थिए । हत्यारा दुवैजना कम उमेरका भएकाले नाम नखुलाईएको प्रहरीको भनाई छ ।