प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस सङ्खुवासभामा पनि मनाइयो - साझाकुरा
शनिबार, असार ३०, २०८१

प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस सङ्खुवासभामा पनि मनाइयो


editor@sajhakura January 29, 2024

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सङ्खुवासभाले प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा प्रेस सेन्टरले खाँदबारीमा शुभाकामना आदानप्रदान कार्यक्रमा गरेको हो । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सङ्खुवासभाका अध्यक्ष अनिष विष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्लाका पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सङ्खुवासभाका संयोजक टेकमान राईले शुभकामना मनतव्य राखे । त्यसैगरी पत्रकार महासंघ अध्यक्ष इन्द्र गिरी, महासंघका संस्थापक अध्यक्ष डा।मात्रिका तिम्सिना, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला अध्यक्ष भोल राई, खाँदबारी–६ वडा अध्यक्ष अर्जुन तामाङ, प्रेस युनिय जिल्ला सभापति दिपेन्द्र शाक्य, फोनिज जिल्ला अध्यक्ष नविन गुरुङले स्थापना दिवसको शुभकामना मनतव्य दिए ।
कार्यक्रमा सामाजिक अभियान्ता वविता कटुवाल, पत्रकार महासंघ उपाध्यक्ष कृष्णराज शाक्य, बरुण बहुमुखी क्याम्पसका व्यवस्थापन समिति सदस्य हरी कटुवाल लगायतको उपस्थिति रहेको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रम समितिका सचिव भविन कार्कीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *