फरार बान्तवा कतारबाट फर्काइए - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

फरार बान्तवा कतारबाट फर्काइए


editor@sajhakura October 30, 2024

कार्तिक १४

पत्नीको हत्या गरेर फरार अभियुक्त भोजपुरका गजेन्द्र बान्तवा कतारबाट पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलले रेड नोटिस जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ ।

एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका बान्तवालाई सम्बन्धित मुद्दामा कारबाही गर्ने, गराउने प्रयोजनका लागि गत मंगलबार नेपाल ल्याईएको प्रहरीले जनाएको छ । प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको विशेष पहलमा रेड नोटीस जारी भएपछि बान्तवालाई फिर्ता ल्याइएको प्रहरीको भनाई छ । २०७८ साल मंसिर ३ गते मेचीनगर नगरपालिका–११ झापा धाइजन बस्ने ४८ वर्षीय शर्मिला तामाङ आफ्नै कोठामा मृत भेटिएकि थिईन् । प्रहरी अनुसन्धानमा उनको
हत्या भएको पाईएपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा बान्तवाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी परेको थियो । मृतक शर्मिलाका दाजुले बान्तवा बिरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी उपर अनुसन्धान गर्ने क्रममा उनको हत्या भएको पुष्टि भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार रातिसँगै सुतेकी श्रीमतीको कोठामा भवितब्यबाटै ज्यान गएको भनेर गजेन्द्र आफैंले प्रहरीलाई जानकारी दिएका थिए ।

उक्त घटना पछि मृतकको पोष्टमार्टम रिपोर्ट आइसकेपछि भने घाँटी थिचेर हत्या गरिएको खुल्न आएको थियो । यसपछि प्रहरीले आरोपी गजेन्द्रको खोजी गरेको थियो । खोजी गर्ने क्रममा आरोपी विदेशमा रहेको जानकारी प्रहरीले पाएको थियो । प्रहरी प्रधान कार्यालयले यसलगत्तै रेड नोटिस जारी गरेर हत्यारा आरोपी बान्तवालाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
शर्मिलाको ३८ वर्षीय श्रीमान् गजेन्द्र वान्तावालाई ईन्टरपोलको सहयोगले पक्राउ गरि नेपाल ल्याई अनुशन्धान शुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *