फेङ्गल आँधीले तमिलनाडुमा भारी वर्षाको आशंका, आसपासका जिल्लामा विद्यालय बन्द - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

फेङ्गल आँधीले तमिलनाडुमा भारी वर्षाको आशंका, आसपासका जिल्लामा विद्यालय बन्द


editor@sajhakura November 27, 2024

मंसिर १२

भारतको तमिलनाडुमा फेङ्गल आँधीको त्रासले आसपासका जिल्लाका विद्यालयहरु बन्द गरिएका छन् । आँधीपछि भारी वर्षाको सम्भावनाका रहेकाले तामिलनाडुमा रेड नोटिस जारि गरिएको त्यहाँको मौसम बिभागले जनाएको छ। स्थानीय प्रशासनले चेन्नई र आसपासका बिद्यालयहरु केहि दिनका लागि बन्द गर्न आदेश दिईसकेकाले बिभागले जारी गरेको संबेदनशिल क्षेत्रका बिद्यालयहरु केहि दिनका लागि बन्द गर्न भारतिय शिक्षा मन्त्रालयले समेत निर्देशन दिएको जनाईएको छ ।
भारतीय मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण–पश्चिममा रहेको चापीय प्रणाली गहिरो भएकाले फेङ्गल नामको आँधी उत्पन्न हुनसक्ने चेतावनी दिएको छ ।
त्यहाँको संचार माध्यमहरुले जनाए अनुशार बुधबार साँझदेखि आँधिको दबाब उत्तरपश्चिमतर्फ वहनेछ जसले चक्रवातको रूप लिन सक्छ भनिएको छ । मौसम विभागका अनुसार तमिलनाडु र आसपासका जिल्लाहरुमा बिहीबारसम्म अबेरसम्म वर्षा जारी रहने जनाईएको छ । अहिले चेन्नईमा लगातार भारि बर्षाद भैरहेकाले माछा मार्ने मछुवारालाई खोला र समुद्रमा जान रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *