नेपाल आयल निगमले आजबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । आयल निगम सञ्चालक समितिको बिहिबार बसेको बैठकको निर्णय अनुशार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्यमा प्रतिलिटर दुई रुपैंयाँ बुद्धि गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए । उनले निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत कायम राखिएको जानकारी दिए ।
निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः १६९।५०, १७१ र १७२ तथा डिजेलरमटिटेल क्रमशः १५७।५०, १५९ र १६० तोकेको छ।
इण्डियन आयल कर्पोरेसनबाट बिहिबार प्राप्त भएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १।८३ र डिजेलमा १।५६ बृद्धि भएर आएको निगमको भनाई छ ।