मंशिर ६
प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा. आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।
उनले दाहालले काठमाडौँ उपत्यकामा विभिन्न व्यक्तिलाई ह्वाट्सएपमार्फत आफू अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्ने धम्कि दिई ५० हजारदेखि दुई लाख रूपैयाँसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा शङ्खमुलबाट पक्राउ गरिएको जानकारी दिए ।