बंगलादेशको ढाकामा व्यापक लुटपाट - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

बंगलादेशको ढाकामा व्यापक लुटपाट


editor@sajhakura August 6, 2024

श्रावण २२
बगंलादेशको राजधानी ढाकामा राजनितिक संकट गहिरिएपछि व्यापक लुटपाट र तोडफोडका घटनाहरु ब्यापक रुपमा भएका छन् । प्रदर्शनकारीहरूले गृहमन्त्री असदुज्जामान खानको धनमण्डीस्थित निवासमा ब्यापक तोडफोड मच्चाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

बीबीसी बगंलाका अनुसार, प्रदर्शनकारीहरूले मुख्य गेट तोडेर भवनमा प्रवेश गरि आगजनिसमेत गरेका छन् ।
प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा पनि प्रदर्शनकारीले लुटपाट गरेका छन् । प्रदर्शनकारीहरूले शेख हसिनाको कार्यालयबाट फर्निचर र अन्य महत्वपुर्ण सामग्रीहरु समेत लुटेर लगेका छन् ।
प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री शेख हसिनाका पिता तथा स्वतन्त्रता संग्रामका नेता शेख मुजीबुर रहमानको मूर्ति पनि तोडफोड गरेका छन् । त्यसैगरि उनिहरुले शेख मुजीबुर रहमानको स्मृति संग्रहालय आगजनि गरि ध्वस्त बनाएका छन् ।
पूर्वी शहर सिल्हेटमा पनि उपयुक्त आयुक्त र प्रहरी अधीक्षकको कार्यालयमा आगजनी गरिएको छ भने केही नेता र पार्षदहरूको घरमा आक्रमण गएिको जनाईएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *