बंगलादेशमा बिद्याथीहरुले फेरि शुरु गरे आन्दोलन - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

बंगलादेशमा बिद्याथीहरुले फेरि शुरु गरे आन्दोलन


editor@sajhakura August 1, 2024

श्रावण १७

एजेन्सी । बंगलादेशमा केहि हप्ता अघि भएको प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरि आन्दोलन चर्काउन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनले उग्र रुप लिँदै गएपछि प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच ठाउँ गाउँमा झडप भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

बैगलादेशको ढाका उत्तर–पूर्वी शहर सिल्हेट मा प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि शुरु गरेपछि शान्ति सुरक्षाका लागि प्रहरीले दमनको निति लिन बाध्य भएको बताईएको छ ।

राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको अन्तराष्ट्रिय संचार माध्यम बीबीसीले उल्लेख गरेको छ ।
रोजगारीमा सेना प्रहरीलाई दिईएको कोटा प्रणाली खारेजीको माग राखि विद्यार्थीले केहि हप्ता अघि शुरु गरेको आन्दोलनका क्रममा २ सय बढिले ज्यान गुमाएका थिए ।
उक्त प्रदर्शनमा करिव १० हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ । पक्राउ परेकाहरुको रिहाइका लागि उनिहरुले फेरी आन्दोलन शुरु गरेका हुन् । उनीहरूले सामुहिक हत्या, पक्राउ, आक्रमण तथा बेपत्ता पार्ने कामविरुद्ध उग्र प्रदर्शन शुरु भएको बताएका छन् ।

यसैबीच, बङ्गलादेश सरकारले जमात ए इस्लामी पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कट्टरपन्थी पार्टी जमात ए इस्लामीले विद्यार्थी आन्दोलनको फाइदा उठाएको प्रधानमन्त्री शेख हसिना सरकारले आरोप लगाएको छ ।
त्यहाँको हिंश्रक आन्दोलनलाई मध्यनजर गर्दै नेपाली बिद्यार्थीहरु नेपाल फकिएका थिए । त्यहाँ भएको आन्दोलन केहिदिन मथ्थर भएको भन्दै बंगलादेशमा अध्ययनका लागि गएका नेपालीहरु अध्ययनका लागि बंगलादेश फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *