श्रावण २
बंगलादेशमा रोजगारीमा आरक्षणको विरोध स्वरुप भैरहेको आन्दोलनमा ६ जना विद्यार्थीको मृत्यु भएको छ। आरक्षण कोटाको बिरुद्धमा भैरहेको प्रदर्शनमा बिद्यार्थीको मृत्युभएपछि स्थीति तनावग्रस्त बनेको छ । हुनसक्ने क्षति रोक्नका लागि त्यहाँको सरकारले केहि दिनका लागि देशका बिद्यालय र अन्य शिक्षण संस्थाहरु अनिश्चित कालका लागि बन्द गरिएको घोषणा गरिएको छ ।
बंगलादेश सरकारले देशको स्वतन्त्रताका लागि लडाइमा सहभागी भएकाको सन्तानलाई सरकारी जागिरमा आरक्षण दिइएको छ। सन् १९७१ माभएको स्वतन्त्रता संग्रामपछि पाकिस्तानबाट बंगलादेश अलग्गिएको थियो ।
बंगलादेशमा सरकारी सेवामा आरक्षणको व्यवस्थाविरुद्ध विगत केही दिनदेखि तिब्र विरोध प्रदर्शन भइरहेको छ। केही सातासम्म चलेको विरोधपछि सन् २०१८ देखि यो आक्षणमा प्रतिबन्ध लगाइएकोमा गत महिना मात्र एक अदालतको निर्देशन बमोजिम आरक्षण प्रणाली पुनर्स्थापित गरिएको बीबीसीले उल्लेख गरेको छ ।