बंगलादेशी सेनाप्रमुखद्वारा अन्तरिम सरकार गठनको घोषणा - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

बंगलादेशी सेनाप्रमुखद्वारा अन्तरिम सरकार गठनको घोषणा


editor@sajhakura August 5, 2024

श्रावण २१
प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिई भारततर्फ लागेपछि त्यहाँको सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका छन् ।

‘सेनाप्रमुख जमानले सबै राजनीतिक दलसँगको छलफलपछि त्यहाँ अन्तरिम सरकार गठनको निर्णय गरिएको जानकारी दिएका छन् । उनले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग त्यहाँ उत्पन्न बिषम परिस्थीतिसंग जुझ्नका लागि आवश्यक पहलकदमी शुरु गर्नलागिएको बताएका छन् ।

उनले आन्दोलनको क्रममा भएका सबै सहित र तिनका परिवारलाई सरकारले न्याय सुनिश्चित गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

जनरल वाकरले प्रधानमन्त्री शेख हसिना आफ्नो पदबाट राजीनामा बुझाएर देश छाडेर गएको पुष्टी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *