बङ्गलादेशमा बाढीका कारण दुई दर्जन बढिको मृत्यु, ५० लाख नागरिक प्रभावित - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

बङ्गलादेशमा बाढीका कारण दुई दर्जन बढिको मृत्यु, ५० लाख नागरिक प्रभावित


editor@sajhakura August 26, 2024

भाद्र १०
एजेन्सी

लगातारको बर्षादका कारण आएको बाढीका कारण बंगलादेशमा २ दर्जन बढिको मृत्यु भएको छ भने ५० लाख बढि नागरिक प्रभावित बनेका छन् ।
बाढिपछि त्यहाँको जनजिवन अस्तब्यस्त भएका कारण औषधि, खानेपानी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको अभाव भएको अन्तरतष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
बङ्गलादेश सरकारले बाढि पिडितहरुलाई स्थापीत गर्न चाँडैनै राष्ट्रिय संकल्पको प्रस्तावको तैयारी गरेका छन् । त्यहाँका सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनूसले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बिषयमा सरकारले काम अघि बढाएको बताए ।
साथै उनले भविष्यमा बाढीबाट हुने जोखिमलाई कम गर्ने विषयमा छिमेकी मुलुकहरूसँग छलफल सुरु गरिएको जानकारी दिए ।
बाढीका कारण त्यहाँका ११ जिल्ला सबैभन्दा बढी प्रभावित भएको बंगलादेश सरकारले जनाएको छ । बाढिका कारण त्यहाँ ४ लाखभन्दा बढी नागरिक बिभिन्न क्याम्पहरुमा जिवन निर्वाह गर्न बाध्य भएको अन्तराष्ट्रिय संमचार संस्थाहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *