बचतकर्ताको साढे ४ करोड रुपैयाँ नतिर्ने सहकारी सञ्चालक पक्राउ - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

बचतकर्ताको साढे ४ करोड रुपैयाँ नतिर्ने सहकारी सञ्चालक पक्राउ


editor@sajhakura October 5, 2023

बचतकर्ताको साढे चार करोड रुपैयाँ फिर्ता नदिएकाे भन्दै ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ।
निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिने प्रलाेभनदिई निक्षेप लिने तर बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नदिएकाे आराेपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली सहकारीका विभिन्न ठाउँमा शाखा रहेका छन् ।
सहकारिका संचालकहरु बचतकर्ताको रकम फिर्ता गर्नुभन्दा छलिने गरेकाे सिआईबिकाे भनाई छ ।
देउराली सहकारीबाट कोही ठगिएको भए उजुरी गर्न पनि सीआईबीले आग्रह गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *