सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो।
मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि आजसम्म दर्जनौं पराकम्प महशुस भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।