हेल्पिङ्ग हेण्ड्स अन्तराष्ट्रियका अध्यक्ष, संखुवासभा स्थित सुर्य सेकेण्डरी बाेर्डिङ स्कुलका सञ्चालक खाँदबारी ताराद्वारा सम्मानित ब्यक्तित्व नारायण श्रेष्ठले खाँदबारी युथ क्लबलाई निशुल्क रुपमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
लामाे समय देखि संखुवासभाकाे सामाजिक सुधारका विभिन्न क्षेत्रमा कृयाशिल खाँदबारी युथ क्लब आफ्नै कार्यालय भवन नहुँदा समस्यामा पर्दै आएकाे छ ।
भवन अभावमा घर भाँडामा बस्दै आएकाे खाँदबारी युथ क्लबले विभिन्न ब्यक्ति र स्थानीय सरकारसंंग जग्गा उपलब्ध गराउन दर्जनाैं पटक आग्रह गर्दा पनि कुनै सुनुवाई हुन सकिरहेकाे थिएन ।
केहिदिन अघि क्लबले आयाेजना गरेकाे स्वागत सम्मान तथा भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै
बरिष्ठ समाजसेबीका रुपमा परिचित श्रेष्ठले खाँदबारी १ स्थित सुर्य बाेर्डिङ स्कुल नजिकै रहेकाे मुल्यवान घडेरी क्लबलाई निशुल्क प्रदान गर्ने घाेषणा गरेका हुन् ।
स्वागत सम्मान कार्यक्रममा मन्तब्य राख्दै क्लबका सल्लाहकार तथा समाजसेवी दीपन कुमार श्रेष्ठ र पुर्व अध्यक्ष निरञ्जन श्रेष्ठले खाँदबारीकाे समग्र बिकासका लागि बरिष्ठ समाजसेवी नारायण श्रेष्ठ र वहाँकाे परिवारले पुर्याएकाे याेगदानकाे खुलेर प्रशंसा गरेका थिए ।
क्लबका कार्यबाहक अध्यक्ष मुनहाङ गुरुङ्गकाे सभापतित्वमा भएकाे सम्मान कार्यक्रम क्लबका महासचिब सुरेन शाक्यले संचालन गरेका थिए । भिडीयाे :