बरुणमा निरजोया उपन्यासको परिचर्चा - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

बरुणमा निरजोया उपन्यासको परिचर्चा


editor@sajhakura December 18, 2024

संखुवासभा पाैष ३,

बरिष्ठ साहित्यकार तथा बरुण बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख उपेन्द्र कोरंङ्गी दाजु गुरुङ्गद्वारा लिखित निरजोया उपन्यासको आज परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
मकालु साहित्यिक समाज संखुवासभाको संयोजना तथा बरुण बहुमुखी क्याम्पस संखुवासभाको आयोजनामा भएको कार्यmक्रमको अध्यक्षता बरुण बहुमुखी क्याम्पसका प्रमुख चित्ररेखा कार्की अधिकारी रहनुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले गर्नूभएको थियो ।
कार्यक्रममा दाजु गुरुङ्गद्वारा लिखित निरजोयाको साहित्यकार कृष्ण चापागाईं, लक्ष्मी ढुंगाना, तारा बहादुर बुढाथोकीले समालोचना गर्नूभएको थियो । कार्यक्रममा लेखक तथा साहित्यकार उपेन्द्र कोरंगीं दाजु गुरुङ्गले प्रवासमा रहँदा नेपालीहरुले भोग्नपरेका कथा ब्यथा र मायाँ प्रेमका कुरा जस्ताको तस्तै चित्रण गर्न खोज्नुभएको समालोचकहरुले टिप्पणी गरेका ििथए ।

कार्यक्रममा मकालु साहित्यसमाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले घर्कँदो उमेरका बिच दाजु गुरुङ्गले देखाउनुभएको साहित्यिक रुचि र लेखकले उजागर गर्न खोज्नुभएको लेखकिय गुण अद्भुत र नेपाली जनजिवनको अनुकरणीय चित्रण भएको बताउनु भएको थियो । कार्यक्रममा आफ्नो भनाई राख्नुहुँदै खाँदबारी नगरपालिकाका प्रमुख तथा प्रमुुख अतिथी महेश थपलियाले दाजु गुरुङ्गको निरजोया उपन्याँस धेरै नेपालीको बास्तवीक चित्रण भएको भन्दै लेखक साहित्यकारहरुको पहिचान, प्रवर्धन र सम्मानमा राज्यले बिषेस ध्यान पुर्याउनु आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।  दाजु गुरुङ्गद्वारा लिखित निरजोयाले वर्तमान समाज र गरिबिका कारण बिदेशिनुपरेको युवाको भावनालाई मुखरित गरेको वहाँको धारणा थियो । वहाँले बढ्दो उमेरमा समेत उत्तीकै जोस जाँगरका साथ निरन्तर साहित्यिक यात्रालाई निरन्तरता दिनुभएकोमा लेखक तथा साहित्यकार गुरुङ्गप्रति हौसला थप्दै वहाँद्वारा लिखित लायसी, टाँकिका फुलहरु र निरजोयो साहित्य प्रवासमा रहेका नेपालीको वर्तमान अवस्थीति भएको प्रष्ट्याएका थिए ।

निरजोया उपन्यासको परिचर्चा कार्यक्रमका सन्दर्भमा कार्यक्रमका अध्यक्ष बरुण बहुमुखी क्याम्पसका प्रमुख चित्ररेखा अधिकारीले कृति समालोचनाका हिसावले पुर्वक्याम्पस प्रमुख कोरंगी सफल साहित्यकार भएको टिप्पणी गर्नूभएको थियो । कार्यक्रममा बिभिन्न बाध्यताले बिदेशिनु पर्ने अवस्था, बिदेशमा रहँदा नेपालीहरुले भोग्नुपर्ने सुख दुख र पिर ब्यथालाई उपन्यासकारले राम्ररी संम्बोधन गर्नूभएको भन्दै लेखक तथा साहित्यकार गुरुङ्गको यस अघिका कृतिहरु समेत उत्तिकै सफल र समाज रुपान्तरणका लागि महत्वपुर्ण रहेको बिचार ब्यक्त गर्नूभएको थियो ।

बरुण बहुमुखी क्याम्पसका प्राध्यापक छत्रमणी पन्तले संंचालन गर्नूभएको कार्यक्रममा समाजसेवी जिवनाथ खनाल, पुर्व क्याम्पसप्रमुखहरु कृष्ण बहादुर अधिकारी, किरण शाक्य, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, उपाध्यक्ष मेघराज तामाङ्ग लगायतको उपस्थीति रहेको थियो । समालोचकहरुको बिश्लेषणको प्रशंसा गर्दै लेखक तथा साहित्यकार दाजु गुरुङ्गले निरजोया उपन्याँसले प्रवासको जिवन, त्यहाँ नेपालीहरुले भोग्नपरेका सुख दुखका क्षणलाई नेपाली स्थान बिषेसमा प्राशंगिक ढंगले उतार्ने प्रयास गरेको खुलासा गरेका थिए ।

साहित्यकार उपेन्द्र कोरंगी दाजु गुरुङ्गले निरजोया उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न गर्न सहयोग गरेकोमा बरुण बहुमुखी क्याम्पस र संयोजनकारी भुमिका निर्वाह गरेकोमा मकालु साहित्यीक समाज संखुवासभाका सिंगो परिवारलाई धन्यबाद प्रकट गर्नूभएको थियो ।

तसबीर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *