बरुण लोक सांस्कृतिक नृत्य प्रतियोगितामा मादी मावि प्रथम - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

बरुण लोक सांस्कृतिक नृत्य प्रतियोगितामा मादी मावि प्रथम


editor@sajhakura February 22, 2025

फागुन १०
सङ्खुवासभाको वरुण वहुमुखी क्याम्पसले अयोजना गरेको वरुण लोक सांस्कृतिक नृत्य प्रतियोगितामा मादी मावि मादी प्रथम भएको छ ।
अन्तराष्ट्रिय मातृभाषा दिवसको असरमा वरुणले रैथाने कला संस्कृति संरक्षणका लागि साँस्कृतिक नृत्य प्रतियोगिता तथा हस्तकला प्रदर्शनी आयोजना गरेको हो। प्रतियोगिताको विजेता मादी मावीले नगद ३० हजार प्राप्त गरेको छ ।
मादीले रैथाने कला संस्कृति अन्तर्गत संगीनी नृत्य प्रस्तुत गरेको थियो । त्यसैगरी कुमाल जातिको कुमाल सास्कृतिक नृत्य प्रस्तुत गरेको मनकामना मावि तुम्लिङटार दोस्रो भएको छ । कुलुङ राई समुदाय सास्कृतिक नृत्य प्रस्तुत गरेको सगरमाथा मावि सिलिचोङ तेस्रो र लिम्बु समुदायको केलाङ  नृत्य प्रस्तुत गर्ने सङ्खुवासभा बहुमुखी क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा  द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँ प्रमाण पत्र प्राप्त गरेका छन् । संस्कृति संरक्षण र पर्वद्धन युवा सहभागीता भन्ने नारासहित वरुण लोक सांस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा धनकुटा, भोजपुर जिल्लाका प्रतिनिधिमुलक क्याम्पस सहित जिल्लाका क्याम्पस र माध्यमिक विद्यालहरु (११/१२ संचालित)ले प्रतियोगितामा सहभागिता जनाएका थिए । 
रैथाने कला संस्कृतिहरुको संरक्षण एवम् पुस्तान्तरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित प्रतियोगितामा भोटे सेलो, कौडा नृत्य, सोरठी नृत्य, राउटे नृत्य, संगीनी नाच, कुमाल नृत्य, हुर्रा नाच, साकेला सिलि, धान नाच, मारुनी नृत्य आदिलाई एकै स्टेजमा प्रस्तुत गराइएको प्रतियोगिता संयोजक नवराज कार्कीले जानकारी दिए।
त्यस्तैगरी स्थानीय ज्ञान,सिप र प्रविधिको उपयोग भन्ने नाराका साथ हस्तकला प्रदर्शनी गरिएको छ । बरुण बहुमुखी क्याम्पस आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको प्रायोजकत्वमा एक दिने हस्तकला प्रदर्शनी गरिएको हो ।
प्रर्दशनीमा स्थानिय हस्तकला बाट उत्पादित सामग्री राखिएको थियो । हस्तकला प्रर्दशनीमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमा रहेको कला तथा सीपलाई सम्बद्र्धन तथा प्रोत्साहन गर्न विद्यार्थीहरुले निर्माण गरेका विभिन्न किसिमका हस्तकला, राडीपाखी, डालो, सिलामसाक्मा, अल्लोनिर्मित पोशाक तथा विभिन्न सजावटका सामग्रीहरु पनि प्रदर्शनी एवम् बिक्रीमा राखिएको थियो । 
श्राेत:अरुण शन्देस

Leave a Reply

Your email address will not be published. Required fields are marked *