बलात्कारी दुई खालका हुँदो रहेछनः गायिका समीक्षा अधिकारी - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

बलात्कारी दुई खालका हुँदो रहेछनः गायिका समीक्षा अधिकारी


editor@sajhakura March 2, 2024

गायिका समीक्षा अधिकारीले बलात्कारी दुई किसिमको हुने भन्दै बलात्कारी र हत्यारालाई कडा कार्वाहि गर्न आग्रह गरेकी छिन् । चितवनकी सालिन पोखरेलको मृत्यु प्रकरणका बारेमा आफ्नो धारणा राख्दै उनले उक्त कुरा बताएकी हुन् । पोखरेलेको हत्याको चाँडै सत्य तथ्य बाहिर आओस उनले भनेकी छिन् । सामाजिक संजालफेसबुकमा आफ्नो धारणा पोस्ट गर्दै गायिका अधिकारीले सालिन मृत्यु प्रकरणको सत्यतथ्य चाँडै सार्वजनिक गरि अपराधिलाई कडा सजायको माग गरेकी छिन् ।
गायिका समीक्षाले ‘बलात्कारी पनि दुई प्रकारका हुने रहेछन्’ भनी पोष्ट गरेकि छिन् ।

पहिलो नम्बरमा ‘माया र करुणाको नाटक गर्ने बलात्कारी’ भनेर नामकरण गर्दै त्यस्ता प्रकारका बलात्कार ‘जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्’ भनेर कमेण्ट गरेकी छिन् भने दोस्रो किसिमको बलात्कारी ‘जबरजस्ती गर्ने बलात्कारी’ हुन् भन्दै दोश्रो किसिमको बलात्कारीले त्यो हो ‘जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्’ भनेर टिप्पणी गरेकी छन्।

दुवै किसिमको बलात्कारी सामाजिक अपराधि भएको उल्लेख गर्दै उनले ‘यी दुवै फाँसीका लायक भएको उल्लेख गरेकी छिन् । अहिले उनको टिप्पणी सामाजिक संजालमा दह्रो बहसको बिषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *