नेपाली कांग्रेसकी नेत्री तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले बाँदरको बढ्दो संख्या नियन्त्रण गर्न परिवार नियोजन गर्नूपर्ने धारणा राखेकी छिन् ।
आइतवार समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा देशभर नै अन्नबालिमा बाँदरले ठुलो क्षति पुर्याएको समचारहरु आईरहेकाले बाँदरकोे संख्या न्युनिकरणका लागि बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने बिचार ब्यक्त गरेकि हुन् ।
छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरि नियन्त्रण र न्युनिकरण गरिएको उदाहरण पेश गर्दै उनले नेपालमा पनि बाँदर नियन्त्रणका लागि परिवार नियोजनको तरिका अपनाउन सकिने उनको भनाई थियो ।
सम्बोधनका क्रममा उनले ‘बाँदर संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर पनि मान्छेले खान नपाउने गरेर बाँदर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्यो । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे, परिवार नियोजन गरेर दुईरतीन वर्षमा कम भयो ।’भन्ने अभिब्यक्ति प्रस्तुत गरेकिथिईन् ।
नेपाली कांग्रेसकी नेत्री तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकि राणाले दिएको उक्त अभिब्यक्ति अहिले सामाजिक संजालमा चर्चाको बिषय बनेको छ ।