बागमतीको प्रमुख सचेतकबाट कुन्दन काफ्लेको राजिनामा - साझाकुरा
शनिबार, असार ३०, २०८१

बागमतीको प्रमुख सचेतकबाट कुन्दन काफ्लेको राजिनामा


admin September 5, 2023

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्लेले प्रमुख सचेतकबाट राजीनामा गरेका छन् ।
उनले आज मंगलबार सामाजिक संजालमार्फत कांग्रेस बागमती प्रदेश सभाका संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा दिएको जानकारि दिए।
राजीनामा पछि सामाजिक संजालमा काफ्लेले लेखेका छन् “‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’
उनले आफुले धेरै जिम्मेवारि लिँदा जनताको काम गर्न समस्या निकाल्न गाह्रो भएको भन्दै उनले आफुले राजिनामा गरेको उल्लेख गरेका छन् । काफ्ले दोलखा जिल्ला निर्वाचित बागमती प्रदेशसभा सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *