बागलुङ जैमिनी दुर्घटनामा परि एकै वडाका पाँचकाे मृत्यु - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

बागलुङ जैमिनी दुर्घटनामा परि एकै वडाका पाँचकाे मृत्यु


editor@sajhakura November 11, 2024

कार्तिक २६
आज बिहान जैमिनी नगरपालिका-८ छिस्तीबाट बागलुङका लागि छुटेको ग २ च ९२४७ नम्बरको पिक अप जीप जैदी र छिस्तीको सिमानामा दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै ज्यान गएकाे थियाे ।बागलुङको जैमिनिमा दुर्घटनामा मृत्यु हुनेहरु सबै जैमिनी नगरपालिका-८ छिस्ती केवइका बासिन्दा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङ अनुसार उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा जीप चालक जैमिनी नगरपालिका-८ छिस्ती केवईका ३८ वर्षका महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीस, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीस र ७५ वर्षको कुलप्रसाद श्रीस रहेका छन्।
जैमिनी नगरपालिका-८ छिस्तीबाट सोमबार बिहान बागलुङका लागि  सवारी चालक सहित ६ जना सवार पिक अप पिक अप जीप जैमिनी नगरपालिका-७ हर्देवामा दुर्घटनामा परेकाे थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *