असार २२
केहि दिन अघि देखिको निरन्तर वर्षासँगै आएको बाढीका कारण ६ सय ४० मेगावाट बढि जलविद्युत् आयोजनाबाट उत्पादन भैरहेको बिद्युत उत्पादनमा बन्द भएको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गएराति दखि बन्द भएको जनाएको छ ।
त्यसैगरि ६० मेगावाटको माथिल्ला त्रिशुली थ्री,एु र १० मेगावाटको सुनकोशी जलविद्युत आयोजनाबाट उत्पादन भैरहेको बिद्यूत उत्पादन बन्द भएको छ । बिद्युत प्राधिकरण र यसका सहायक उत्पादक कम्पनीबाट उत्पादन भएको पाँच सय २६ मेगावाट जलविद्युत उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।
यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट उत्पादित विजुली उत्पादन अवरुद्ध भएको छ ।
यस्तै बाढीकै कारण ५० मेगावाटको सोलु दुधकोशी, ४७ मेगावाटको लिखु एक, २९ मेगावाटको लिखु दुई, ३८ मेगावाटको मध्य तमोर, ६० मेगावाटको कालिगण्डकी ुएु, सात मेगावाटको मोदी, छ मेगावाटको त्रिशुली, पाँच मेगावाटको देविघाट र १४ मेगावाटको चमेलिया जलविद्युत आयोजनाको बिजुली उत्पादन आंशिक रूपमा प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।