बाढीपहिरोमा बेपत्ता भएका ६ जनाको खोजी कार्य स्थगित - साझाकुरा
मङ्लबार, कार्तिक २०, २०८१

बाढीपहिरोमा बेपत्ता भएका ६ जनाको खोजी कार्य स्थगित


editor@sajhakura October 17, 2024

कार्तिक १
गएको असोज ११ र १२ गते अविरल वर्षादसँगै आएको बाढीपहिरोमा परी बेपत्ता अवस्थामा रहेका ६ जनाको खोजी कार्य स्थगित गरिएको छ।

असोज महिनाभर खोजतलास गर्दापनि उनिहरुको कुनै संकेत फेला नपरेको भन्दै हाललाई बेपत्ताको खोजिकार्य स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

उक्त बर्षादसंगैको बाढीपहिरोमा परि बेपत्ता हुनेहरुमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ रहेका छन्। उनीहरू पहिरोले घर पुरिँदा बेपत्ता भएका थिए । उक्त दिनको बर्षादका कारण आएको बाढि पहिरोमा परि चौँरीदेउराली गाउँपालिका–६ का ४० वर्षीया शान्ता रिमाल पनि बेपत्ता भएकि छिन्।

बाढि पहिरोका कारण धुलिखेल नगरपालिका–८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ , बेथान्चोक गाउँपालिका–४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की ३७ वर्षीया देवीमाया सिंतान पनि अझै बेपत्ता भएको र खोजिकार्यलाई तिब्रदा दिईएपनि कुनै संकेत फेलापार्न नसकिएकाले

हाललाई खोजिकार्य स्थगित गरिएको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले जानकारी दिईन् । उनका अनुसार बाढीपहिरोमा परी ७५ जना घाइते भएका थिए भने ७८ जनाले ज्यान गुमाएका थिए ।
बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकाका १८ जना, रोशी गाउँपालिकाका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात÷सात तथा बनेपा र भुम्लुका तीन÷तीनजना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *