बाढी पहिरोमा परि ११ जनाको मृत्यु ८ बेपत्ता - साझाकुरा

बाढी पहिरोमा परि ११ जनाको मृत्यु ८ बेपत्ता


editor@sajhakura July 7, 2024

असार २३,

केहि दिन देखि परेको वर्षादका कारण बढिरहेको बाढी, पहिरो र डुबानका घटनाबाट देशका बिभिन्न क्षेत्रमा
११ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।

हिजो र गएरातिको बाढि पहिरो र डुबानमा परि ११ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले पुष्टी गरेको छ । बिपदका घटनामा परि ८ जना बेपत्ता अवस्थामा रहेको प्रहरीको भनाई छ । ज्यान गुमाउने ११ जनामध्ये स्याङजा, पर्वत र तनहुँका गरी आठ जना रहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ज्यान गुमाउनेमा स्याङ्जामा तीन, जना, पर्वत र काभ्रेमा दुई रदुर्ई जना, पाल्पा, तनहुँ, उदयपुर र काठमाण्डौका एक एक जना रहेका छन् । त्यस्तै तनहुँमा तीन, दाङमा दुई, दोलखा, नवलपरासी र स्याङजामा एक एक जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *