कार्तिक ६
बालिका बलात्कार गर्ने आरोपीलाई पक्राउ नगरिएको भन्दै दाङको भालुबाङ बजार बन्द गरेका छन् ।
उनिहरुले आज मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरको छ भने भालुबाङ बजार समेत पुर्णरुपमा बन्द गरेका छन् ।
गत असोज २४ गते सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न गएकी ८ बर्षीया बालिका बलात्कार गरिएको उनिहरुको आरोप छ । उक्त घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको बताएको थियो ।
पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिकासंगै रहेकी अर्की १५ बर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानका लागि भन्दै कार्यालयमा संरक्षण गरेर राखेको जनाईएको छ ।
दुवै बालिका संग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसंग सोधपुछ भैरहेको प्रहरीको भनाई आएपनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ईश्वर थापाका अनुशार बालिका बलात्कारको घटनालाई प्रहरीले गम्भीर रुपमा लिएर सीआईबीको टोलीबाट समेत घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्ति पक्राउ नगरेको भन्दै भालुवाङका स्थानीयबासिन्दाहरु आक्रेशित बनेका हुन् । घटनामा दोषिलाई उम्काउने प्रयास भैरहेको र घटना सामसुम पार्न खोजिएको भन्दै पिडितका आफन्त र शुभचिन्तकहरु यतिवेला आन्दोलनमा उत्रिएका हुने् । उनिहरुले यो घटनाको सत्यतथ्य सार्वजनिक नगरिएसम्म र पिडकलाई पक्राउ नगरिएसम्म आन्दोलन र बन्दहड्ताललाई निरन्तरता दिने बताएका छन् ।