बालिका बलात्कारको आरोपमा युवक पक्राउ - साझाकुरा

बालिका बलात्कारको आरोपमा युवक पक्राउ


admin September 1, 2023

रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका(६ का २१ वर्षीय चिरन्जिवी बोहरा रहेको प्रहरीले जनाएको छ । आरोपी बोहोरालाई बिहिबार दिउँसो प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो।
बोहराविरूद्ध १३ वर्षीया बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका(१ बगरस्थित एक घरमा पुर्याई बलात्कार गरेको उजुरी परेको थियो।
सोही उजुरीको आधारमा बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *