बाल कल्याण गृह सङ्खुवासभाका बालबालिकालाई लायन्स क्लब अफ काठमाण्डौं परिकल्पनाले सहयोग गरेको छ । खाँदबारी नगरपालिका–१ मा रहेको बाल कल्याण गृहका बालबालिकालाई लायन्स क्लबले सोमबार सहयोग हस्तान्तरण गरेको हो ।
मकालु त्रिशक्ति समुह(माट्स नेपाल)ले सञ्चालन गरेको बाल गृहलाई क्लबले १० वटा स्कुल ब्याग, तन्ना, सिरकको खोल, चिनि हस्तान्तरण गरेको माट्स नेपालका अध्यक्ष नविन दाहालले जानकारी दिए । लायन्स क्लब अफ काठमाण्डौं परिकल्पनाकी अध्यक्ष लैला श्रेष्ठले एक कार्याक्रमका विच उक्त सामाग्री हस्तान्तण गरेकी हुन् ।
खाँदबारी–१ निवासी दिपक पाँचकोटी र सुजता पाँचकोटीले पनि विवाह वार्षिक उत्सवको अवसरमा बाल गृहलाई सहयोग गरेका छन् । उनिहरुले एक बोरा चामल, चार दर्जन कपी र २ केजी मासु हस्तान्तरण गरेका हुन् ।
बाल कल्याण गृहमा ८ जना बालबालिका र एक सहयोगी रहेका छन् । दाताहरुको सहयोगमा लामो समयदेखि बाल कल्याण गृह सञ्चालन हुँदै आएको छ । बाल गृहको निश्चित नियमित कोष नहुँदा सञ्चालनमा समस्या हुने गरेको माट्सका अध्यक्ष नविन दाहालले बताए ।
श्राेत:अरुण सन्देश
