बाह्रबिसे अग्नी प्रभावितलाई संखुवासभा उद्योग बाणिज्य संघद्वारा राहत रकम प्रदान - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

बाह्रबिसे अग्नी प्रभावितलाई संखुवासभा उद्योग बाणिज्य संघद्वारा राहत रकम प्रदान


editor@sajhakura January 21, 2025

माघ ८
गत माघ २ गते संखुवासभाको सभापोखरी ६ बाह्रबिसेमा भएको आगलागि प्रभावितहरुलाई संखुवासभा उद्योग बाणिज्य संघले राहत स्वरुप सहयोग रकम प्रदान गरेको छ ।
आज संघका कार्यबाहक अध्यक्ष संजिव श्रेष्ठ, संस्थापक अध्यक्ष श्याम सुन्दर उदाश, उपाध्यक्ष राजकुमार श्रेष्ठ, संघका सचिव रबिन्द्र खत्री, सदस्य हेमराज निरौला, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य लगायतको उपस्थितिमा आगलागि प्रभाबित पाँच घरधुरी र त्यहाँ डेरागरि बस्ने छ परिवारलाई प्रभाबित स्थल बाह्रबिसे पुगेर संखुवासभा उद्योग बाणिज्य संघले ६९ हजार ९ सय रुपैयाँ सहयोग गरेको हो ।

गत माघ २ गते अकस्मात आगालागि हुँदा अमृता लिम्बु, लाल बहादुर लिम्बु, शुसिल तामाङ्ग, निर्मला कालाखेती तामाङ्ग र राम बहादुर राईको घर पुर्ण रुपमा क्षतिभएको थियो ।
आगलागि प्रभावितलाई रकम हस्तान्तरण गर्दै संघका कार्यबाहक अध्यक्ष संजिव श्रेष्ठले यो मानविय कार्यमा सानैभएपनि सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै संघले आगामि दिनमा समेत आगलागि प्रभावितको पिँडामा सकेको सहयोग जुटाउन पहल गर्ने बताएका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका प्रदेश अध्यक्ष श्याम सुन्दर उदाशले एकलाई परेको पिंडामा सहयोग गर्ने भावना जागृत हुनु अत्यन्तै राम्रो कार्यभएको भन्दै सकेको सहयोग गर्न सबैसमक्षा आग्रह गरेका थिए ।

यसैबिच संखुवासभाको खाँदबारी नगरपालिकाले पनि आगलागि प्रभावितहरुलाई रु ५० हजारको चेक उपलब्ध गराएको छ । आज खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर खड्का लगायतको उपस्थितिमा नगरप्रमुख थपलियाले सभापोखरी गाउँपालिकाका अध्यक्ष भिम लिम्बु, उपाध्यक्ष लक्ष्मी चापागाईंलाई पालिका मार्फत पिडितले पाउने गरि ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थपलियाले एक पालिकालाई परेको बिपत्तिमा अर्काे पालिकाले सहयोग गर्नू कर्तब्य भएको भन्दै आगलागि पिडितको पुनर्स्थापना र सहयोग जुटाउने कार्यमा खाँदबारी नगरपालिकाले सकेको पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *