संखुवासभा, कार्तिक ६
संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांङ्गमा कार्तिक ७ देखि १२ गते सम्म नवौं अरुण भ्याल्ली फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।
एडभान्स क्लवको आयोजनामा हुने उक्त प्रतियोगितामा जिल्ला र बाह्य जिल्लाका गरि १२ टिमको सहभागिता रहने क्लवका अध्यक्ष जिल्लामान राईले जानकारी दिए । ६ दिनसम्म संचालन हुने प्रतियोगितामा बिजेता हुने टिमले नगद रु दुई लाख प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद रु एक लाख प्राप्त गर्ने क्लवका अध्यक्ष राईले जनाए ।
एडभान्स क्लवले नियमित रुपमा बर्षौंदेखि यस फुटवल प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ ।
भोलिबाट शुरुहुने प्रतियोगिताले जिल्लाको खेल पर्यटन प्रवर्धनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नैभएकाले प्रतियोगिताको सफलताका लागि सबैपक्षको सहयोग र सहकार्य आवश्यक भएको जिल्ला फुटवल संघका अध्यक्ष तथा खाँदबारी नगरपालिका वडा नं ३ का वडाध्यक्ष भरत कुमार घिमिरेले बताए ।उनले भोलिबाट शुरुहुने प्रतियोगिता अवलोकनका लागि खेलप्रेमी महानुभावहरुमा उपस्थीतिका लागि आग्रह समेत गरेका छन् । प्रतियोगितामा खेलका अतिरिक्त ख्यातिप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती समेत रहने क्लवले जनाएको छ ।