जिल्लाको शैक्षिक क्षेत्रको गुणस्तर अभिबृद्धिमा योगदान पुर्याउँदै आएको युनाईटेड वल्र्ड स्कृल्स नेपाल (यु डब्लु एस नेपाल) का शिक्षा संयोजक आशिस अधिकारीले जिल्लाका बिभिन्न बिद्यालयहरुमा गठन भएका बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या भएको बताएका छन् ।
खाँदबारी एफएम संखुवासभाले संचालन गर्ने रेडियो कार्यक्रम संम्बाद डवलीमा सहकर्मी नवीन गुरुङ्ग संगको अन्तरवार्तामा संयोजक अधिकारीले अधिकांश बिद्यालयमा ब्यवस्थापन र शिक्षकको सकृयता नहुँदा संस्थाले शैक्षिक गुणस्तर अभिबृद्धि लागि बिद्यालयलाई उपलब्ध गराउँदै आएको सहयोग थप प्रभावकारी हुन नसकेको बताएका हुन् । उनले युडब्लुएसले कतिपय स्थानीय सरकार र बिद्यालयहरु संग गरेको सम्झौता समेत कार्यान्वयनमा नआएको बताउँदै शैक्षिक सुधारका लागि स्थानीय पालिकाहरुले समेत कार्यक्रम निरन्तरताको जिम्मा लिनुपर्ने बताए ।
यु डब्लु एस संग भएका पाँच बर्षे सम्झौता र सहमति अनुशार सुरुमा शैक्षिक सुधारका कार्यक्रमहरु हुने गरेपनि ५ बर्षे सम्झौता सकिना साथ बिद्यालयहरु पुन पहिलेकै अवस्थामा खच्कने गरेको शिक्षा संयोजक अधिकारीको भनाई छ ।
(थप बाँकि कुरा भिडियोमा)