बिमानस्थल भन्सारका कर्मचारीद्वारा सामुहिक सरुवाको माग - साझाकुरा
शुक्रबार, अशोज १८, २०८१

बिमानस्थल भन्सारका कर्मचारीद्वारा सामुहिक सरुवाको माग


admin August 30, 2023

भाद्र १३, काम गर्ने वातावरण भएन हामीलाई तत्काल सरुवा गरियोस ।

सुनकाण्ड पछि अनावश्यक तनाव झेल्नु परेको भन्दै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सारमा कार्यरत १ सय ३७ कर्मचारीले सरुवाको माग राख्दै महानिर्देशक समक्ष सामुहिक लिखित निवेदन पेश गरेका छन् ।

राज्यबाट उपलब्ध न्युनत्तम श्रोत साधनका बाबजुद आफुसंग भएको ज्ञान, शिप र क्षमताले भ्याएसम्म असल नियतले काम गर्दा समेत अनुशन्धानका नाममा बिना कारण सोधपुछ र मानसिक तनाव दिने गरिएको उनिहरुको आरोप छ । विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा हालै घटेको सुन काण्डको कारण आफूहरूलाई विभिन्न निकायबाट अनावश्यक तनाव र दुःख दिने गरिएको खुलासा गर्दै उनिहरुले तत्काल आफुहरुलाई अन्यत्रै सरुवा गर्न माग राखेका हुन् ।
बिमानस्थलमा कार्यरत १ सय ३७ कर्मचारीले एकैपटक सरुवाको माग गरि निवेदन दिएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले बताए । उनले
अहिले विभागका महानिर्देशक देश बाहिर हुनुहुन्छ तत्कालै वहाँहरुको मागका बारेमा केही गर्न सकिने अवस्था छैन ।

निर्देशक तथा प्रवक्ता खड्काका अनुसार विमानस्थलका ३५ अधिकृतसहित १ सय ३७ कर्मचारीले एकैसाथ सरूवाका लागि निवेदन पेश गरेका छन् । अहिले सम्म कर्मचारीहरुले सरूवा मागे पनि नियमित काम भने गरिरहेका छन् ।
कर्तब्य पालन गरिरहेका भन्सारका कर्मचारीमाथि मनलाग्दी धरपकड गर्ने , बिना प्रमाण थुन्ने र अनावश्यक तनाव दिने गरिएकाले कार्यालयमा उपस्थीत भै काम गर्ने वातावरण नरहेको
कर्मचारीले पेश गरेको निवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *