काठमाण्डौ नगरपालिकाका मेयर बालेन साहले बिवेक प्रयोग गरेर काम गर्न नगरप्रहरी बललाई निर्देशन दिएका छन् ।
बिहीबार नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजना गरिएको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समय अति संबेदनशिल भएकाले जनतासंग ब्यवहार गर्दा अति बिवेक पुर्याएर मात्र काम गर्न निर्देशन दिएका हुन् ।
प्रमुख साहले नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनितिक आस्था र भेदभाव नराखि काम गर्ने शिलशिलामा कठिनाई भए आफ्ना समस्या महानगर समक्ष राख्न समेत मेयर साहले आग्रह गरेका थिए ।
सम्बोधनका क्रममा मेयर साहले महानगरपालिकाले नगरप्रहरिको सक्रियतामा १ सय ५० रोपनीबढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा ऐतिहाँसिक उपलब्धी हाँसिल गरेको भन्दै नगरप्रहरीबलको खुलेर प्रसंसा गरेका थिए ।