बिश्व आदिबासी दिवसका अवसरमा लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाकाद्वारा बिचार गोष्ठीको आयोजना - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

बिश्व आदिबासी दिवसका अवसरमा लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाकाद्वारा बिचार गोष्ठीको आयोजना


editor@sajhakura August 9, 2024

श्रावण २५

३० औं बिश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाले आदिबासी जनजातिको हक अधिकारका सवालमा बिचार गोष्ठीको आयोजना गरेको छ । राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजबाद, आदिबासी जनजाती एकता भन्ने मुल नाराका साथ दीवस मनाईएको हो ।
लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाका सभापति बरुण गुरुङ्गको सभापतित्वमा खाँदबारीमा भएको कार्यक्रमको प्रमुख अतिथीका रुपमा नेपाली काँग्रेसका कार्यबाहक सभापति अनन्त कुमार गौली नेपाली काँग्रेसका नेता बिभिन्न भात्री तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रममा नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग बस्नेतले आदिबासी जनजातिहरुको हक अधिकारका सवालमा स्थानीय सरकारहरु प्रतिवद्ध रहनुपर्ने बताउनुभएको थियो । स्थानीय आदिबासी जनजातिको भाषा संस्कार संस्कृति र पुस्तान्तरणको सवालमा स्थानीय जनप्रतिनिधीहरुले पालिका सरकारले निति निर्माणको चरणबाटै उचित ध्यान पुर्याउन जरुरी रहेको वहाँको भनाई थियो ।
कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले संखुवासभाका १० पालिका मध्ये ९ वटा पालिकामा आदिबासी जनजातिको नेतृत्व रहेको बताउँदै स्थानीय सरकारले आदिबासी जनजाति लगायत सबै जात भाषा र धर्मको संरक्षण र सम्बर्धनमा बिषेस ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य बिकास राईले बिभिन्न जात भाषा धर्म संस्कार संस्कृति बिचको पारस्पारिक एकता र भावनात्मक सम्वन्धले मात्र दिगो बिकास र संम्बृद्धिको लक्ष हाँसिल गर्न सकिने धारणा राखेका थिए । कार्यक्रममा काँग्रेस नेता शेर बहादुर बनले आदिबासि जनजातिको हक अधिकार स्थापित गर्न नेपाली काँग्रेसले महत्वपुर्ण भुमिका खेलेको बताउँदै सबै जात भाषा र धर्मको संरक्षण हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका कार्यबाहक सभापति अनन्त कुमार गौलीले सर्वमान्य नेता गणेसमान सिंह, सुर्यमान गुरुङ्ग, भिम बहादुर तामाङ्ग लगायतले पुर्याएको योगदानको स्मरण गर्दै काँग्रेसका तर्फबाट अधिकांश जनप्रतिनिधीहरु स्थानीय सरकारमा निर्वाचित हुन सफल भएको धारणा राख्नुभएको थियो । लोकतन्त्र प्राप्तीका लागि आदिबासी जनजाति समुदायले देखाएको त्याग र समर्पणले अहिले लोकतान्त्रीक गणतन्त्र प्राप्त गर्न सफल भएको बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी गौलीले सबै जाती भाषा धर्म संस्कार संस्कृति बिचको पारस्पारिक सम्वन्ध र एकताको भावनाले नै नेपाल र नेपालीलाई एक सुत्रमा बाँधिरहेकाले जातिय, भाषीक र धार्मिक सहिष्णुहता थप बलियो बनाउन आवश्यक भएकोमा जोड दिनुभएको थियो । नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघका सचिव चिरन याख्खाले संचालन गर्नूभएको कार्यक्रममा समापन मन्तब्य राख्नुहुँदै कार्यक्रमका सभापति तथा नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाका अध्यक्ष बरुण गुरुङ्गले आदिबासी जनजातिको हक अधिकारका सवालमा नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघले संधै आवाज उठाईरहने प्रतिवद्धता जनाउनु भएको थियो ।

दीवसका अवसरमा नेपाली काँग्रेसका बिभिन्न केन्द्रिय समितिहरुमा मनोनित हुनेहरुलाई बधाई तथा सम्मान समेत गरिएको थियो ।

तस्बिरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *