बुद्ध एयरको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई १/१ लाख जरिवाना - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

बुद्ध एयरको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई १/१ लाख जरिवाना


editor@sajhakura January 3, 2025

पाैष १९

विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ। बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई एक/एक लाख रुपैयाँ जरिवाना तिराइएको हो। 

जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ। जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई रु एक/एक लाख सहयोग गरिएको हो।
बुधबार (जनवरी १ तारिख) का दिन पोखराबाट काठमाडौँ (उडान सङ्ख्या छ सय १८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए। प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६ः४० मा काठमाडौँका लागि उक्त विमान उडेको थियो।

यसैगरी काठमाडौँबाट जनकपुरका लागि गत अक्टोबर १० का दिन बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो। जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको ‘इमर्जेन्सी’ ढोका खोलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *