बेलायतमा हिंसक प्रदर्शन गर्ने चार सय बढि प्रदर्शनकारी पक्राउ - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

बेलायतमा हिंसक प्रदर्शन गर्ने चार सय बढि प्रदर्शनकारी पक्राउ


editor@sajhakura August 6, 2024

श्रावण २२
तसवीर : एजेन्सी
बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक आन्दोलनका क्रममा अहिलेसम्म चार सय बढिलाई पक्राउ गरिएको छ ।
यसअघि प्रधानमन्त्री केयर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको जानकारी दिएका थिए । हिंसक प्रदशर्नका क्रममा दोहोरो झडपमा परि कैयौँ प्रहरी अधिकारीहरु समेत घाईते भएको बिबिसिले जनाएको छ । साउथपोर्टको एक पार्टीमा चक्कु प्रहारबाट तीन जना बालिकाको ज्यान जानेगरि आक्रमण भएपछि बेलायतमा हिंस्रक प्रदर्शन शुरु भएको थियो ।
प्रदर्शनका क्रममा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक बिच ठाउँ ठाउँमा भडप भएको थियो । प्रदर्शनकारीहरूले केहिदिन यता आप्रवासी मुस्लिमलाई केन्द्रत गरि आक्रमण बढाईरहेका छन् । उनिहरुले मस्जिदमा प्रवेश गरि त्यहाँरहेका ब्यक्ती र भवन संरचनामा ठुलो क्षति पुर्याएको बताईएको छ ।

यो घटनालाई लिएर प्रधानमन्त्री स्टार्मरले घृणा फैलाउन खोज्नेहरूविरुद्ध कडा कारबाही गर्न आग्रह गर्दै सरकारले दंगा नियन्त्रणका लागि जस्तोसुकै सहयोग गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *