अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति कुनै हालतमा स्वीकार्य नहुने धारणा राखेका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘बैंकहरुबाट अनावश्यक ऋण लिने तर तिर्ने बेलामा बिभिन्न बहाना देखाएर तिर्दिन भन्ने प्रवृत्ति अपराधपुर्ण भएको भन्दै सरकारले यस्ता गतिबिधीलाई नियन्त्रण गर्ने बताए ।
उनले प्राप्त उपलब्धी र व्यवस्थामाथि प्रश्न उठाउने, सानातिना कमजोरी औंल्याएर राजनीतिक प्रणालीका बिरुद्धमा लाग्ने र नेतृत्वप्रति नै अनास्था पैदा गर्ने प्रवृत्तिसँग मौलाउँदै गएको बताएका थिए ।
धार्मिक, सामाजिक अतिवाद, मिलेर रहेको समाजलाई विखण्डन गर्ने प्रवृत्तिहरू सरकारलाई सह्य नहुने मन्त्री पुनले राज्य प्रणालीमा भएको कमजोरीको समीक्षा गर्न आफूहरू तयार रहेको बताउँदै आफू अर्थमन्त्री रहँदासम्म जनतामा आशा जगाउने काम गर्ने अर्थमन्त्री पुनको भनाई थियो ।