बैंक ब्याजदर १० प्रतिशत मुनि झार्ने प्रधानमन्त्रि दाहालकाे प्रतिबद्धता - साझाकुरा

बैंक ब्याजदर १० प्रतिशत मुनि झार्ने प्रधानमन्त्रि दाहालकाे प्रतिबद्धता


editor@sajhakura November 2, 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक ब्याजदर १० प्रतिशत भन्दा मुनि झार्ने बताएका छन् । बुटवलस्थित आम्दा हस्पिटलकाे २५ औं बार्षिक समारोहलाई सम्बोधन गर्नेक्रममा आज उनले उद्योगी– व्यवसायीको माग अनुसार बैंक ब्याजदर घटाउन सरकार फागिरहेकाे जानकारि गराए ।
उनले भने ‘बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको तयारी छ, नसके १० प्रतिशत भन्दा माथि जान्न दिन्नौं’, ‘उद्योग व्यवसाय क्षेत्र चलायमान बनाउने विषयलाई अहिले सरकारले प्राथमिकता दिएकाे छ, तिहारपछि विद्युत व्यापारमा पनि ठूलो घोषणा गर्दैछौं त्यसैले निराश नहुन म सबैमा अपील गर्छु ’ प्रधानमन्त्रि प्रचण्डले भने ।
बैक ब्याजदरले सर्वसाधारणकाे ढाड सेकिएकाे भन्दै अहिले अभियान्ता दुर्गाप्रसाईंले विभिन्न आन्दाेलनका कार्यक्रम अघिसार्दै ऋणिहरुलाई उचाल्दै ब्यवस्थाका बिरुद्ध नै बितिष्णा जगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *