ब्याडमिन्टन संघद्धारा पत्रकार महासंघ संखुवासभालाई नगद सहयोग - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

ब्याडमिन्टन संघद्धारा पत्रकार महासंघ संखुवासभालाई नगद सहयोग


editor@sajhakura July 16, 2024

ब्याडमिन्टन संघ संखुवासभाले नेपाल पत्रकार महासंघ संखुवासभालाई नगद सहयोग गरेको छ । संघले सोमबार खाँदबारीमा गरेको पत्रकार सम्मेलनमा २० हजार नगद हस्तान्तरण गरेको हो । संघका अध्यक्ष सन्जिव श्रेष्ठले महासंघका अध्यक्ष इन्द्र गिरीलाई नगद २० हजारको चेक हस्तान्तरण गर्नु भएको हो ।
गत असार ६ देखि ८ गतेसम्म खाँदबारीमा सञ्चालन भएको प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको प्रचारप्रसारका लागि संखुवासभामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै संघले सहयोग गरेको हो । संघका सचिव रुद्रमणि श्रेष्ठले संखुवासभामा खेलकुदका गतिविधि सञ्चालनका क्रममा यस किसिमको सहकार्य पहिलो पटक गरिएको बताउनु भयो । अन्य खेलकुद आबद्ध संस्थाहरुलाई समेत सिकाई सुरुवात हुने वहाँले बताउनु भयो । नेपाल पत्रकार महासंघ संखुवासभाले गतवर्षबाट कार्यालय भवन निर्माणको काम गरिरहेको छ ।
सम्पन्न प्रतियोगिताको आयव्यव सार्वजनिक गर्दै संघले सहयोगि संस्थाहरुलाई सम्मान पत्रद्धारा सम्मान गरेको थियो । १० लाख १६ हजार ५ सय १९ रुपैंयामा सम्पपन्न भएको प्रतियोगितामा ७ प्रदेशसहित छिमेकी राष्ट्र भारतका दार्जेलिङ र सिक्किमका खेलाडीहरुको उपस्थिति रहेको थियो ।
#nagarikchaso

Leave a Reply

Your email address will not be published. Required fields are marked *