भक्तजनले चढाएका १ सय ८४ तोला सुन पाथीभरा मन्दिरबाट संकलन - साझाकुरा

भक्तजनले चढाएका १ सय ८४ तोला सुन पाथीभरा मन्दिरबाट संकलन


editor@sajhakura December 29, 2023

ताप्लेजुङस्थीत पाथीभरा मन्दिरबाट भक्तजनले चढाएका १ सय ८४ तोला सुन सङ्कलन गरिएको छ। पाथीभरा मन्दीर क्षेत्र विकास समितिले हिजो बिहीबार पत्रकार सम्मेलनमार्फत पछिल्लो समय जम्मा भएको सुनचाँदी सहितको परिणाम संकलन गरि पत्रकार सम्मेलन मार्फत यथार्थ बिवरण सार्वजनिक गरेको हो।

सार्वजनिक तथ्यांक अनुशार १ सय ८४ तोला सुन जम्मा भएको छ भने ९२ किलो ६ सय ५० ग्राम चाँदी जम्मा भएको छ। त्यसैगरि चाँदी रिफाइन नगरिएको अवस्थामा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङले बताए ।
उनले भने ८५ तोला ८ लाल सुन रिफाइन गरिएको अवस्थामा रहेको छ भने ९९ तोला १ सय २६ लाल सुन भने रिफाइन गर्न बाँकि रहेको छ । माता पाथीभरा मन्दिरबाट संकलित ६ हजार ५ सय ३९।७७५ किलोग्राम तामा तथा १६ हजार ६ सय ३८।१०० किलोग्राम भक्तजनले चढाएका घण्टी भण्डारण गरिएको मन्दीर ब्यवस्थापन समितिको भनाई छ ।
समितिले अहिले मन्दीर ब्यवस्थापन समितिको बैंक खातामा ८ करोड ३५ लाख २३ हजार ५ सय ४८ रुपैयाँ मौज्दात रहेको जानकारी दिँदै त्यस मध्ये
७ करोड ६७ लाख ६१ हजार ७ सय ६० रुपैयाँ गत वर्षको अल्या रहेको जानकारी दिएको छ ।
अघिल्लो बर्षको कार्तिक १ गतेदेखि मंसिर मसान्तसम्ममा तिर्थालु भक्तजनले चढाएको ६८ लाख ११ हजार १ सय १० रुपैयाँ भेटी जम्मा भएको समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
तसवीर: निरञ्जन श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *