भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु
मंशिर ८
भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरेको छ ।
गत मंशिर २ देखि १४ बर्ष सम्मका बालबालिकाको क्यान्सरको सम्पुर्ण उपचार निशुल्क रुपमा शुरु गरिएको अस्पतालका
निमित्त कार्यकारी निर्देशक डाक्टर उज्ज्वल चालिसेले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तोकेको अस्पतालमा उपचार गराउने १४ बर्ष मुनिका बालबालिकाको निशुल्क उपचारको निर्णय गत कार्तिक ११ गतेको मन्त्रिस्तरिय गरिएको जानकारी दिँदै अस्पतालले उक्त निर्णय कार्यान्वयनमा ल्याएकोमा खुशी ब्यक्त गरे ।
सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल काठमाडौं र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।